मध्यविन्दु नगरपालिकाको परिचय

नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो । साविक कोल्हुवा ,नारायणी र तम्सरिया गा.वि.स लाई मिलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट २०७२ असोज १ गते मध्यविन्दु नगरपालिका स्थापना भएको र स्थानीय तह पुर्नसंरचना आयोगको सिफारिस अनुसार साविकका मैनाघाट ,नयाँ बेलहानी , प्रसौनी र राकाचुली गा.वि.स समेत समेटी २०७३ फाल्गुन २७ गते नेपालको संविधान-२०७२ अनुसार मध्यविन्दु नगरपालिका बनेको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेकाे हाे । २३३.३५ व.कि.मि. क्षेत्रफल ओगटेकाे छ। “राष्ट्रिय जनगणना २०७८” को प्रतिवेदन अनुसार मध्यविन्दु नगरपालिका भित्र १५,४३० घरधुरी रहेका छन र १५,४३० घरधुरीमा महिला ३३,१११ र पुरुष २७,९८० गरी जम्मा जनसंख्या ६१,०९१ रहेको छ । अवस्थितिः अक्षांस २७ ६३ देखि उत्तर, देशान्तर ८४ं ३५ पूर्व पर्दछ ।  यस क्षेत्रका महत्वपूर्ण बजारः चोरमार, अरूङ्गखाेला, कोल्हुवा, पनौती, मदननपुर, आदि ।
मध्यविन्दु नगरपालिका भित्र:
१. कृषि योग्य भूमि : ३३ प्रतिशत
२. सिचाई : ४४ प्रतिशत
३. मुख्य बाली : धान, मकै. गहुँ, तरकारी, केरा लगायत अन्य

जनप्रतिनिधिहरु

नगर प्रमुख

श्री भिमलाल अधिकारी

IMG_7001-removebg-preview

नगर उपप्रमुख

पूर्णकला चौधरी

(कृषि विकास निर्देशक समिति- संयोजक)

नगर प्रवक्ता (वडा नं १० अध्यक्ष)

रन बहादुर थापा क्षेत्री

आर्थिक विकास समिति संयोजक

श्री मिन बहादुर दर्लामी मगर

पकेट क्षेत्र सम्बन्धी जानकारी

परिचय

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिकव्यवसायिकदिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ नेपालको कृषि क्षेत्रलाइ आगामी २० वर्षसम्म मार्ग निर्देश गर्ने कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा स्वदेशी सोचस्वदेशी लगानी तथा आन्तरिक संस्थागत जनशक्ति मार्फत तयार गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आ.व. २०७३/७४ देखि लागू हुने गरी १० वर्ष अवधिको लागि सञ्चालनमा ल्याइएको छ। यस परियोजना अन्तर्गत साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमव्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रमव्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम र बृहत्तर व्यवसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रम गरी जम्मा चार वटा सम्भागहरु छन्। थप जानकारी..

तरकारी पकेट

मध्यविन्दु-०१ (पतवारी), मध्यविन्दु-०८ (देवकोटा टोल र रानीटार), मध्यविन्दु-०९( भिम्रहनी)

धान पकेट क्षेत्र:

मध्यविन्दु-१५ (कोलकट्टा)

गाई भैंसी पकेट क्षेत्र:

मध्यविन्दु-१२, तमास्पुर

केरा बाली पकेट क्षेत्र:

मध्यविन्दु-०५, रातोडाँडा

सम्पर्क

📍 ठेगाना:

मध्यविन्दु नगरपालिका, वडा नं ७, चोरमारा ( वडा कार्यालयको नजिक)

सम्पर्क:

📧 contact@madhyabindukrishi.net

📧 ag.madhyabindumun@gmail.com

☎ +९७७-९७४५९१८६६७

⌚ कार्यालय समय:

आइतबार-बिहिबार: १०:०० देखि ४ बजे
शुक्रबार: १०:०० देखि ३ बजे